राप्रपाको सांसद गीता बस्नेतलाई अदालतमा उपस्थित भएर कानुनको पालना गर्न निर्देशन
वि.सं.२०८१ जेठ १४ सोमवार १७:१४
shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सांसद गीता बस्नेतलाई अदालतमा उपस्थित भएर कानुनको पालना गर्न निर्देशन दिएको छ । सोमबार सम्पन्न सो पार्टीको केन्द्रीय समिति बैठकको निर्णयअनुसार सांसद बस्नेतलाई यस्तो निर्देशन दिएको अध्यक्ष राजेन्द्र लिङ्देनले बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
गत पाँच वर्षमा कृषि अनुदानका नाममा तीन तहको सरकारले एक खर्ब रुपैयाँ वितरण गरेको भन्दै त्यो ककसलाई वितरण गरेको हो भनेर त्यसको श्वेतपत्र माग गर्न राप्रपाले माग पनि गरेको छ ।






































