सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काग्रेसको महाधिवेशन स्थलमा फोटो पत्रकारहरुमाथी अभद्र व्यवहार

468
shares

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशनस्थलमा प्रहरीले दुर्व्यवहार गरेको भन्दै आन्दोलित भएका पत्रकारको धर्ना रोकिएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका प्रमुख गोपालकृष्ण घिमिरेले आन्दोलनरत पत्रकारसामु आएर माफी मागेपछि क्यामरा डाउन गरेर बसेका फोटो पत्रकार काममा फर्किएका छन्।

‘हामीबाट गल्ती भयो, माफी दिनुहोस् भन्दै उनले पत्रकारमाझ आएर भनेपछि फोटोपत्रकारहरू काममा फर्किएका हुन्।

मतदान गरेको तस्बिर र भिडियो लिन खोज्दा सुरक्षाकर्मी र निर्वाचन समितिका सदस्यहरूले अवरोध गरेपछि फोटो पत्रकारहरुले क्यामेरा डाउन गरेका थिए।

देउवा आएसँगै फोटो खिच्ने क्रममा पत्रकार र सुरक्षाकर्मीबीच धकेलाधकेलको स्थिति सृजना भएको थियो।

‍फोटो पत्रकारहरुले क्यामेरालाई सडकमा राखेर विरोध जनाएका थिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports