kumari
stcnepal

भारतकी हरनाज सन्धुले जितिन् मिस युनिभर्स-2021 को उपाधि 21 वर्ष पछि

काठमाडौं । भारतकी सुन्दरी हरनाज कौर सन्धुले 70 जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस युनिभर्स-2021 को ताज जितेकी छन् ।

आज इजरायलको इएलाटमा आयोजित 70औं मिस युनिभर्स प्रतियोगिताको फाइनलमा पाराग्वे र दक्षिण अफ्रिकाका सुन्दरीलाई पछि पार्दै सन्धुले मिस युनिभर्सको ताज पहिरिन सफल भएकी हुन् ।

सन्धु भारतको पञ्जाबस्थित चण्डीगढकी बासिन्दा हुन् ।21 वर्षीया सन्धु मिस युनिभर्स बन्ने तेस्रो भारतीय सुन्दरी हुन् ।

मिस युनिभर्समा भाग लिनु पहिला उनले फिल्म क्षेत्रमा समेत काम गरेकी छन् । उनी अभिनित पञ्जाबी फिल्म ‘भाइ जी कुटाङ्गे’ र ‘यारा गियान पू बरम’ आगामी वर्ष रिलिज हुँदैछन् ।

योसँगै भारतले21 वर्षपछि मिस युनिभर्सको उपाधि जितेको छ । यसअघि सन् 1994 मा सुस्मिता सेन र 2००० मा लारा दत्ताले उक्त उपाधि जितेका थिए ।

 

footer