विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

देशभर ३० जनामा हैजा सङ्क्रमण

975
shares

काठमाडौँ । पछिल्लो तथ्याङ्क अनुसार देशभर ३० जनामा हैजा देखिएको छ । काठमाडौँ उपत्यकाका दुई जिल्ला काठमाडौँ र ललितपुर लगायत कैलाली र प्युठानमा हैजा देखिएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ललितपुरमा १९ जना, कैलालीमा ८ जना, काठमाडौँमा एक जना र प्युठानका २ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको छ । ललितपुरको गोदावरी नगरपालिका–१४ का १० जनालाई हैजा पुष्टि भएको हो । गोदावरीको एक पुनर्स्थापना केन्द्रका १६ वर्षीय युवालाई साउन ४ गते (जुलाई १९) टेकु अस्पताल ल्याएको थियो । उनको परीक्षण गर्दा ७ साउनमा (जुलाई २२) गते हैजा पुष्टि भएको थियो । त्यसपछि पुनर्स्थापना केन्द्र बस्ने १० जनालाई हैजा पुष्टि भएको थियो । यस्तै, ललितपुरकै इमाडोल, ग्वार्को, चापागाउँ लगायत विभिन्न स्थानका ९ जनामा हैजा पुष्टि भएको छ ।

यसैगरी, काठमाडौँको टोखा नगरपालिकाका १ जनाको दिसा परीक्षण गर्दा हैजा देखिएको छ । यता, कैलालीको धनगढी उपमहानगरपालिका–१ का ८ जनामा हैजा पुष्टि भएको छ । प्युठानका २ जनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ । बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजा सहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports