विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बंगलादेशमा बिधार्थी आन्दोलनका दुई नेताहरू सरकारमा सहभागी, उनिहरूले कुन कुन मन्त्रालयको जिम्मेवारी पाए ?

650
shares

काठमाडौं । सन् २००६ को नोवेल पुरस्कार विजेता मुहम्मद युनुस नेतृत्वको १७ सदस्यीय अन्तरिम सरकारमा दुई जना विद्यार्थी नेता परेका छन् । दुवै विद्यार्थी नेता बंगलादेशको ढाका विश्वविद्यालयका हुन् । २५ वर्षीय आसिफ महोमद सजिब भुइयान र २६ वर्षीय नाहिद इस्लाम युनुस सरकारमा अटेका छन् ।

बिहीबार शपथ लिएका दुई विद्यार्थी नेताले शुक्रबार मन्त्रालयको जिम्मेवारी पाएका छन् । आसिफले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउँदा नाहिदले हुलाक दूरसञ्चार तथा सूचना प्रविधि मन्त्रालय पाएको बंगलादेशी मिडियाहरुले लेखेका छन् । भारतीय अखबार दि हिन्दूका अनुसार आसिफ ढाका विश्वविद्यालयका भाषाविज्ञान संकायका स्नातकोत्तर तहका विद्यार्थी र नाहिद समाजशास्त्रका विद्यार्थी हुन् । आसिफ सन् २०१७ र २०१८ को व्याचका विद्यार्थी तथा ढाका विश्वविद्यालयका छात्र अधिकार परिषद्का विद्यार्थी नेता हुन् ।

नाहिद सन् २०१६ र २०१७ को व्याचका विद्यार्थी भएको भारतीय समाचार पोर्टल दि वायरले उल्लेख गरेको छ । आसिफ र नाहिद दुवै बंगलादेशको जुलाई १५ बाट चर्किएको कोटाविरोधी आन्दोलनका अग्र पंक्तिका विद्यार्थी नेता हुन् । आसिफ पूर्वी बंगलादेशको कुमिला महानगरका हुन् । नाहिद चैँ ढाकाकै रैथाने हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports