विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौं महानगरपालिकाकारबाट हाल सम्म ४३ हजार भन्दा बढीलाई निःशुल्क कानुनी सहायता

767
shares

काठमाडौं । काठमाडौं महानगरपालिकाकाले हालसम्म ४३ हजार भन्दा बढीलाई निःशुल्क कानुनी सहायता दिएको छ ।

उपप्रमुख एवं न्यायिक समिति संयोजक सुनिता डंगोलका अनुसार ३२ वटै वडामा निःशुल्क काननी सहायत भइरहेको छ । ‘हिजोसम्मको तथ्याङ्क हेर्दा ४३ हजारभन्दा बढी महानगरवासीले निःशुल्क कानुनी सेवा लिइसकेका छन्,’ उनले भनिन् ‘तथ्याङ्क अनुसार प्रत्येक महिना कम्तीमा ३ हजारदेखि ३५ सयसम्मले निःशुल्क कानुनी सहायता लिइरहेका छन्,’ शुक्रबार काठमाडौं आयोजित एक कार्यक्रममा उनले भनिन् ।

उपप्रमुख डंगोलले ३२ वटै वडामा वडा महिला सञ्जाल गठन गर्ने र मेलमिलाप केन्द्र सञ्चालन गर्ने निर्णय आफ्नो पहिलो निर्णय गरेकी थिइन् । अहिले वडा महिला सञ्चालन कार्यविधि, २०७९ र मेलमिलाप केन्द्र सञ्चालन निर्देशिका, २०७९ सञ्चालनमा आएको छ । डंगोलका अनुसार महानगरपालिकाले मेलमिलापलाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै अहिले करीब ६१ प्रतिशत बढी मुद्दाको विवाद निरुपण गरिसकेको छ ।

महानगरले २ चैत २०७९ देखि सबै वडामा र केन्द्रमा निःशुल्क कानुनी परामर्श सेवा दिइरहेको छ । नेपाल ल क्याम्पससँग सम्झौता गरेर स्नातक र स्नातकोत्तर तहका ५० जना विद्यार्थी छनोट भएका छन् । तीमध्ये हरेक वडामा एक जनाका दरले ३२ जना र केन्द्रमा तीन जना विद्यार्थी परिचालन गरिरहेको महानगरले जनाएको छ । बाँकी १५ जनालाई वैकल्पिक सूचीमा राखिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports