विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ब्राजिलमा विमान दुर्घटना हुँदा सवार सबै ६१ जनाको निधन

611
shares

साउ पाओलो । ब्राजिलको साओ पाउलोमा एउटा विमान दुर्घटना हुँदा विमानमा सवार सबै ६१ जनाको निधन भएको छ ।

दुई इन्जिन भएको टर्बोप्रप दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको ग्वारुल्होस विमानस्थलतर्फ उडिरहेको बेला भिन्हेडो सहरमा खसेको भोपास एयरलाइन्सले जनाएको छ। सामाजिक सञ्जालमा प्रसारित फुटेजमा विमान ठाडो रूपमा तल झरेको देखाइएको छ । यो खस्दै गर्दा अनियन्त्रित भएर घुमिरहेको भिडियोमा देखिएको छ।

एटीआर ७२–५०० मा ५७ यात्रु र चालक दलका चार सदस्य सवार थिए । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् । साओ पाउलो राज्यका गभर्नर टार्सिसियो गोम्स डे फ्रेटासले तीन दिनको शोकको घोषणा गरेका छन्। अधिकारीहरूले फ्लाइट रेकर्डरहरू प्राप्त गरिसकेको बताएका छन् । फ्रान्सेली-इटालियन विमान निर्माता एटीआरले अनुसन्धानमा सहयोग गर्ने बताएको छ।

विमान आवासीय क्षेत्रमा खसे पनि तर जमिनमा कोही पनि घाइते भएनन्। स्थानीय कन्डोमिनियम कम्प्लेक्समा रहेको एउटा घरमा मात्रै क्षति पुगेको अधिकारीहरूले बताएका छन्। बीबीसी

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports