२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपा एसका दुई दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश

1.13K
shares

खोटाङ, २२ भदौ । नेकपा (एकीकृत समाजवादी) खोटाङका जिल्ला सचिवालय सदस्य जेपि आचार्यसहित दुई दर्जन बढी नेता कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ ।

शनिबार खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ८ बुवालुङमा गरिएको भव्य कार्यक्रममा विभिन्न दलका २५ जना नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गर्नुभएको हो । एमाले प्रवेश गर्ने नेताहरूमा एकीकृत समाजवादी खोटाङका जिल्ला सचिवालय आचार्य, जिल्ला सदस्य प्रेम थापा र नेपाली कांग्रेसका युवा नेता तेज आचार्यलगायतका रहनुभएको छ ।

नवप्रवेशीहरूलाई एमाले पोलिट्ब्युरो सदस्य तथा जिल्ला इन्चार्ज विशाल भट्टराईले पार्टीमा स्वागत गर्नुभयो । यस अवसरलाई अझ विशेष बनाउन कार्यक्रमसँगै तीज पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान र भव्य सांस्कृतिक समारोहको पनि आयोजना गरिएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports