२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कोशी प्रदेशमा मतदाताको १० प्रतिशत पार्टी सदस्य बृद्धी गर्ने एमालेको अभियान चलाउने निर्णय

845
shares

धनकुटा । कोशी प्रदेशमा रहेका मतदाता संख्याको न्युनतम १० प्रतिशत पार्टी सदस्यता वृद्धि गर्ने निर्णय गर्दै नेकपा एमाले कोशी प्रदेश जनसंगठन समन्वय संयन्त्रको कार्याशाला सम्पन्न भएको छ ।

नेकपा (एमाले) का २३ वटै जनसंगठनहरुका प्रदेश अध्यक्षहरु, पार्टी प्रदेश कमिटीले तोकेका जनसंगठनका इन्चार्जहरु, जिल्ला जनसंगठन समन्वय संयन्त्रका प्रमुख र इन्चार्जहरु सहभागी धनकुटाको नाम्जेमा सम्पन्न एकदिने कार्यशालाले एक वर्षका लागि कार्यक्रम समेत निर्माण गरेको छ । कार्यशालाले जन संगठनहरु सुदृढिकरण र विस्तारको योजना, राजनीतिक तथा वैचारिक कामको योजना, आर्थिक अनुशासन र व्यवस्थापन योजना, जनसरोकारका सवाल र पार्टी नेतृत्व परिचालन योजना र पेशागत समस्याहरुमा पार्टी नेतृत्व परिचालन योजना निर्माण गरेकोछ ।

कार्यशालाले २०८१ मंसिर मसान्त भित्र २३ वटै जनसंगठनको पालिका स्तरमासम्म संगठन निर्माण गर्ने र जनसंगठनलाई गाउँगाउमा पुर्याउने, सबै जनसंगठनका घटक संगठनहरुलाई २०८१ मंसिरसम्म भेला प्रशिक्षण तथा अधिवेशनहरु सम्पन्न गर्ने, सबै जनसंगठनहरुले आगामी २०८१ असोज पहिलो हप्ताभित्र प्रदेश तहका बैठक भेलाहरु सम्पन्न गर्ने । २०८१ पौष र माघ महिनामा टोलसम्म संगठन निर्माण गरिसक्ने योजना निर्माण भएको छ । त्यस्तै संगठनलाई आ–आफ्नो वर्ग समूदायको माग र मुद्दामा केन्द्रित गर्नका लागि प्रत्येक जनसंगठनले प्रदेश तहमा न्यूनतम एउटा र प्रत्येक पालिका तहसम्म बहस पैरवी कार्यक्रम सम्पन्न गर्ने, २०८१ साल भित्रमा एक जनसंगठन एक रचनात्मक कार्यक्रम सम्पन्न गर्नें, २०८१ सालको मंसिरसम्म जिल्ला जनसंगठन समन्वय संयन्त्रको आयोजनामा पालिका तहमा श्रमदान कार्यक्रम गर्नें लगायतका कार्यक्रम निर्माण गरिएको छ ।

एमाले स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको प्रमुख आतिथ्यता, स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधनराईको आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता जनसंगठन समन्वय संयन्त्र कोशीका प्रमुख कोशीका प्रमुख बाबुराम थापाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, उपाध्यक्ष टिकाराम चेम्जोङ, सचिव राजकुमार भण्डारी, उपचसचिव देवान राई र जलवर्षा राजवंशी लगायतका सहभागी रहेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports