२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उपसभामुखका बारेमा गोकुल बास्कोटाले भने प्रश्न उठेपछि मैले राजिनामा दिए

897
shares

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले लोकतन्त्रमा प्रश्न उठाउन पाइने र प्रश्न उठेपछि जवाफ दिनुपर्ने बताए । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बास्कोटाले आफू माथि प्रश्न उठेका बेला राजीनामा गरेको बताए ।

उनले भने,‘बालबालिका वा अन्य मान्छेहरू अमेरिका पठाउने सन्दर्भमा उपसभामुखबारे प्रश्न उठ्यो । केही साथीहरूले उहाँको बारेमा प्रश्न उठाउन हुँदैन, लोकतन्त्रको चीरहरण हुन्छ भन्नुभयो, तर मेरो सामान्य ज्ञानले के भन्छ भने, सबैमाथि प्रश्न उठाउन पाइन्छ र जसलाई नैतिकताको कसीमा जाँचिनु छ भने त्यसलाई चुनौती दिन, अरूलाई गलत प्रमाणित पनि लोकतन्त्रमा कानुनीराजमा हुन्छ ।

मेरो उपसभामुखलाई सामान्य सुझाव छ, संसदमा पटक पटक प्रश्न उठेपछि जवाफ दिनुपर्छ । ममाथि प्रश्न उठेपछि मैले पदबाट राजीनामा गरेको थिएँ । दोषी भए प्रमाणित गरियोस्, गल्ती भएका तत्थयका आधारमा कारबाही गरियोस् ।’ उनले राजनीतिक मान्छेसँग यति आट र साहस हुनुपर्ने बताए । यति धेरै प्रश्न उठेपछि पदबाट राजीनामा गर्नुपर्ने उनले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports