२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यी हुन भाद्र २४ गतेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णयहरु

1.83K
shares

सरकारले चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय गरेको छ । हिजो बसेको क्याबिनेट बैठकले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १५÷१५ गरी कुल ३० हजार मेट्रिक टन चिनीको आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय गरेको छ ।

बैठकले भूउपयोग (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने पनि निर्णय गरेको छ । यस्तै, आर्थिक वर्ष २०८१÷०८२ का लागि युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत राष्ट्रिय युवा परिषद्मा १५ र फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिमा चार राजपत्राङ्कित पदहरुको अस्थायी दरबन्दी स्वीकृत गरिएको छ । अर्थ मन्त्रालय र मातहत कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृत प्रदान गर्ने तथा नेपाल विद्युत प्राधिकरण र एसजेभिएन लिमिटेडबीच संयुक्त उपक्रममार्फत अरुण–४ जलविद्युत आयोजनाको विकासका लागि हस्ताक्षर भएको समझदारीपत्रको म्याद एक वर्ष थप गर्ने पनि क्याबिनेट निर्णय छ ।

बैठकले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि कार्यान्वयनसम्बन्धी राष्ट्रिय प्रतिवेदन स्वीकृत गरी युएनसीआरपीडी समितिमा पेश गर्ने निर्णयसमेत गरेको छ । साथै, विभिन्न तीन वटा भ्रमण स्वीकृत गरिएको छ । असोज २१ गते थाइल्याण्डमा आयोजना हुने एक बैठकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य डा.प्रकाशकुमार श्रेष्ठलाई स्वीकृति प्रदान गरेको छ । असोज ८ गतेदेखि १० गतेसम्म इण्डोनेसियामा आयोजना हुने पाचौं मन्त्रिस्तरीय बैठकमा सहभागीका लागि वन तथा वातावरण राज्यमन्त्रीलाई स्वीकृत दिइएको छ । आजदेखि भदौ २८ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुन गइरहेको एक कार्यक्रममा उपस्थितिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई स्वीकृति प्रदान गरिएको छ ।

काँग्रेस नेतृ चित्रलेखा यादवलाई अष्ट्रेलियाका लागि आवासीय नेपाली राजदूतमा सिफारिस गरेको छ । उनलाई फिजी, न्यूजिल्याण्ड, पपुआ न्यु गिनी, भानुआटु, टुभालु, सोलोमन आइल्याण्ड्स, सामोआ, पलाउ, नाउरु, मार्शल आइल्याण्ड्स र टोङ्गा अधिराज्यको गैरआवासीय राजदूत पदमा चार वर्षका लागि नियुक्ति गर्न सिफारिस गरेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports