linktrix Long Ad
Salt Trading Long Ad

सहकारी ठगी सम्बन्धित प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाईयो

702
shares

काठमाडौँ । सरकारले सहकारी सम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरूमा पठाएको छ ।बुधबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्ले पठाएको प्रतिवेदन अगाडि बढाउने बताएका हुन् ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार प्रधानमन्त्रीले बैठकमा सम्बन्धित मन्त्रालयमा प्रतिवेदन पठाउने र मन्त्रालयले नै अध्ययन सहित आवश्यक कारबाही गर्ने बताएका थिए । उनले सरकारले संसदमा प्रस्तुत भएको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी छानबिन प्रतिवेदन, २०८१ लाई कार्यान्वयनका लागि भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाउने निर्णय गरेको बताए ।

उनले भने, ‘संसदमा प्रस्तुत भएको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी छानबिन प्रतिवेदन, २०८१ सभामुखज्युले कार्यान्वयनको लागि मन्त्रीपरिषदमा पठाउनु भएको थियो । आजको मन्त्रीपरिषद्को बैठकले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन प्रतिवेदन, २०८१ कार्यान्वयनको लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय भएको छ ।’ उनले समिति संयोजकले संसदमा प्रस्तुत गरेको समितिको प्रतिवेदन र कारबाहीको सिफारिसअनुसार सरकारले प्रतिवेदन कार्यान्वयन गर्ने बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports