सहकारी ठगी प्रकरणको छानबिन समितिको प्रतिवेदन सार्वजनिक, रवि लामिछाने सहित २९ जना दोषी ठहर
वि.सं.२०८१ असोज ४ शुक्रवार १६:४८
shares

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ ।
संसद सचिवालयले आफ्नो वेबसाइटमार्फत आज प्रतिवेदन सार्वजनिक गरेको हो । समितिको उक्त प्रतिवेदन यसअघि नै सरकारलाई पठाइसकिएको छ । प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरिसकेको छ ।
समितिको प्रतिवेदनले पूर्वगृहमन्त्री समेत रहनुभएका रास्वपाका सभापति रबि लामिछाने सहित २९ जनालाई सरकारी ठगीमा दोषी किटान गरेको छ । गलत तरिकाबाट सहकारीकोरकम ल्याएर ठगी गरेको तथ्य खुलिसकेको छ ।




































