२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतमा दिल्लीको मुख्यमन्त्रीमा आतिशी सहित ५ मन्त्रीले आज लिए शपथ

793
shares

काठमाडौं । भारतको राजधानी दिल्ली राज्यमा नयाँ सरकार बनेको छ । अरविन्द केजरीवालको राजीनामापछि आम आदमी पार्टीले नेतृत्व परिवर्तन गरेको छ ।

केजरीवाल सरकारमा शिक्षामन्त्री रहनुभएकी आतिशी मार्लेनाले दिल्लीको मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको छ । दिल्लीस्थित उपराज्यपाल निवासमा अतिशीसँगै अन्य पाँच मन्त्रीले पद तथा गोपनियताको शपथ लिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।नयाँ सरकारमा गोपाल राई, कैलाश गहलोत, सौरभ भारद्वाज, इमरान हुसेन र मुकेश अहलावत मन्त्री बन्नुभएको छ ।

कथित मदिरा घोटाला प्रकरणमा जेलमा रहनुभएका केजरीवाल सर्वोच्च अदालतले जमानत दिएपछि बाहिर आउनासाथ मुख्यमन्त्रीबाट राजीनामा दिने र फेरि जनताबाट निर्वाचित भएपछि मात्र मुख्यमन्त्री बन्ने घोषणा गर्नुभएको थियो । ४३ वर्षीया आतिशी केजरीवालको दिल्ली सरकारमा शिक्षा मन्त्री रहनुभएको थियो । उहाँलाई आम आदमी पार्टीको एक स्तम्भ मानिन्छ । केजरीवालसहितका शीर्ष नेताहरु जेलमा हुँदा पनि आतिशीले आम आदमी पार्टीलाई सफल नेतृत्व दिएको जस उहाँलाई दिने गरिन्छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports