विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आजदेखि सुरु

858
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । सम्मेलनको कमलादीस्थित प्रज्ञा भवनमा आज दिउँसो १ बजे उद्घाटन हुन लागेको हो ।

सम्मेलनलाई माओवादीले ८औं महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरिसकेको छ । हिजो शनिबार बसेको स्थायी समिति बैठकले महाधिवेशनमा रुपान्तरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई आज बिहान ८ बजे बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्नेछ ।सम्मेलनमा सहभागी हुने माओवादीका प्रतिनिधिहरू काठमाडौं आइसकेका छन् ।

सम्मेलनमा १६०० बढीको हाराहारीमा प्रतिनिधि सहभागी हुनेछन् । १४८३ नियमित प्रक्रियाबाट छानिएका र १० प्रतिशत अर्थात १४८ जना मनोनीत प्रतिनिधि सहभागी हुनेछन् ।

आयोजक समितिबाट १७९, सल्लाहकारबाट १४९, ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १२५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधिबाट ८०३ राष्ट्रिय सम्मेलनमा प्रतिनिधि चयन भएका छन् ।

सम्मेलनबाट १५ सदस्यीय पदाधिकारीसहित १९९ सदस्यीय नयाँ नेतृत्व पनि चयन हुनेछ । हालसम्म अध्यक्षमा पुष्पकमल दाहाल नै दोहोरिने निश्चित जस्तै छ ।

sapta chakra spa
below next and prev inner page

below international hompage
below entertainmnet insurance
napali patro below sports