२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली एक हुनुपर्छ र साझा विपत्तिको सामना गर्नुपर्छ : प्रधानमन्त्री ओली

1.03K
shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरो र डुबानजस्तो विपत्तिमा सरकारले जानीजानी उद्धारमा ढिलो नगरेको बताएका छन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा यस प्रकारको विपत्ति आउला भन्ने अनुमान नभएको भन्दै सरकारले गरेको पूर्व तयारी भएपनि यति ठुलो होला भन्ने अनुमान नगरेको बताए । साथै उनले यो बेला सरकार जनताले भोगिरहेको पीडामा उद्धार, राहत, सहयोग र पुनर्निर्माणका काम गर्नेमा लाग्ने बताए । ‘यस्ता कुरामा हामी नेपाली एक हुनुपर्छ र साझा विपत्तिको सामना गर्नुपर्छ’, प्रधानमन्त्रीले भने, ‘विपत्तिले राजनीतिक रङ, पेसा व्यवसाय छुट्टाएर मर्का पारेको हुँदैन । कमीकमजोरी कहीँ छन् देखाउन सकिन्छ तर केही राम्रा कामपनि सरकारले गरेको होला ।’

उनले सरकारको सचेतताकै कारण चार हजारभन्दा बढी मानिसलाई उद्धार गरेको भन्दै सरकारले नगरेको भए उनीहरू बाच्न गाह्रो हुने बताए । ‘यो कुरा पनि हामीले देख्नुपर्छ । केही गर्दै नगरेको होइन सक्दो गरेको छ । यद्यपि आगामी दिनमा कमी कमजोरी हुन दिनुहुँदैन’, प्रधानमन्त्रीको भनाइ छ । उनले संरचनागत त्रुटिका कारण पनि क्षति बढी हुनपुगेको भन्दै आगामी दिनमा त्यसबारे सबैले सोच्नुपर्ने बताए । उनले राजमार्गहरू निर्माणका क्रममा कतिपय ठाउँमा ढिलासुस्ती भएको हुनसक्ने भन्दै अहिले आएर ढिला भएको भन्न नमिल्ने बताए । प्रधानमन्त्री ओलीले यस दुःखबाट उम्केपछि पनि बिर्सन नमिल्ने भन्दै विपदका बेला शेयर मार्केट डाउन हुनु स्वाभाविक भएको बताए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports