सुनको मूल्य आज एकै दिन प्रति तोला १४ सयले बढ्यो
वि.सं.२०८१ असोज २९ मंगलवार १५:४१
shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँ बढेको छ ।
गत बुधबार (दशैं बिदाको अघिल्लो दिन) प्रतितोला १ लाख ५९ हजार १ सय रुपैयाँ रहेको सुनको मूल्य आज मंगलबार १ लाख ६० हजार ५ सय रुपैयाँ पुगेको छ ।त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । दशैंअघि प्रतितोला १९०० रुपैयाँ रहेको चाँदी दशैंपछिको पहिलो दिन १९२५ रुपैयाँ कायम भएको छ ।



































