२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पोहोरकै मूल्याकन दरमा टेकेर कर असूल गर्न काठमाडौँ महानगरको निर्देशन

1.29K
shares

काठमाडौं महानगरपालिकाले गत वर्षकै जग्गाको मूल्यांकन दरलाई आधार मानेर सम्पत्ति कर लेखाजोखा गर्न निर्देशन दिएको छ ।

महानगरको राजस्व विभागले मातहतका वडा कार्यालयलाई परिपत्र गर्दै २०८० सालमा कायम जग्गाको मूल्यांकन दरलाई आधार मानेर कर असुल्न भनेको हो ।

‘चालु् आर्थिक वर्ष २०८१-०८२ का लागि सम्पत्ति कर निर्धारण गर्दा जग्गाको मूल्यांकन दर सम्बन्धमा आर्थिक ऐन, २०८१ को दफा २ को उपदफा (१) को खण्ड (घ) मा भएको प्रावधान सट्टा काठमाडौं महानगरपालिका आर्थिक ऐन, २०८० मा भएको जग्गाको मूल्यांकन दरलाई आधार लिनू,’ परिपत्रमा उल्लेख छ ।

महानगरले हाल आफ्नो क्षेत्राधिकारभित्रका घरजग्गामा आर्थिक ऐन, २०८१ को व्यवस्थाबमोजिम सम्बन्धित मालपोत कार्यालयले तोकेको जग्गाको प्रतिआना मूल्यलाई आधार मानी कर असुली गर्दै आएको छ । तर, उक्त व्यवस्थाबमोजिम सम्पत्ति कर निर्धारण गर्दा विगतका वर्षभन्दा कर रकममा अनपेक्षित घटबढ भई गुनासो आएकाले आर्थिक ऐन, २०८० मा भएको मूल्यांकन दरलाई आधार मानी कर असुल्न भनिएको हो ।

साथै, आर्थिक ऐन, ०८१ बमोजिम संकलन गरिएको सम्पत्ति कर रकम ०८० को तुलनामा घटबढ भएमा गत साउन १ गतेदेखि असोज मसान्तसम्म सम्पत्ति कर बुझाउने करदाताहरुको हकमा घटी-बढी भएको रकम आगामी पाँच वर्षभित्र क्रमशः समायोजना गर्न पनि महानगरको निर्देशन छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports