२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गैरआवासीय नागरिकता लिएकाको नाम मतदाता सूचीबाट हटाईने

1.11K
shares

नेपाली नागरिकता त्यागेर गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिलाई मतदाता नामावलीबाट हटाइने भएको छ । निर्वाचन आयोगले नेपाली नागरिकता त्यागेका व्यक्तिलाई मतदाता नामावलीबाट हटाई अद्यावधिक गरिने जानकारी गराएको छ ।

गैरआवासीय नेपाली नागरिकता लिएका व्यक्तिको साविकको नागरिकता त्यागेको विवरण समेत आयोगले मागेको छ ।गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिको उक्त नागरिकता प्राप्त गर्नुपूर्वको साविकको नेपाली नागरिकता त्याग गरिएको विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जिल्ला निर्वाचन कार्यालयमा कात्तिक ५ गतेभित्र उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ ।

‘नागरिकता ऐन, २०६३ (संशोधनसहित)को दफा ७ (क) को उपदफा (२०) को खण्ड (ख) मा गैरआवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले साविकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था भएको हुँदा गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नुपूर्वको सम्बन्धित व्यक्तिको नेपाली नागरिकता त्यागको विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले जिल्ला निर्वाचन कार्यालयमा मिति २०८१/०७/०५ गतेभित्र उपलब्ध गराउन गृह मन्त्रालयका निर्देशन दिइएको छ,’ विज्ञप्तिमा उल्लेख छ । जिल्ला प्रशासन कार्यालयबाट प्राप्त हुने विवरणका आधारमा मतदाता नामावलीमा रहेको विवरणसँग भिडाई त्यस्तो नागरिकता त्याग गर्ने मतदाताको नाम मतदाता नामावलीबाट हटाइ नामावली अद्यावधिक गर्न लागिएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports