विज्ञान प्रविधिको उपयोग जीवनलाई सहज र सरल बनाउने काममा गराउन सरकार लागिपर्छ : प्रधानमन्त्री ओली
वि.सं.२०८१ कात्तिक ११ आइतवार १३:५४
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्स एजुकेसन (एआई शिक्षा) को ‘हब’ बनाउन चाहेको बताएका छन् । युवा संघ नेपालले आज आयोजना गरेको एआईसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा विज्ञसँगको संवादमा उनले एसईईमा धेरै विद्यार्थी अनुत्तिर्ण हुने क्रमबाट सुधार ल्याउन एआईको उपयोग कसरी गर्न सकिन्छ भन्नेबारे सरकारले हेरिरहेको बताए ।
उनले विज्ञान प्रविधिको उपयोग जीवनलाई सहज र सरल बनाउने काममा गराउन सरकार लागिपर्ने बताए । सहजकर्ताका रुपमा भूमिका निर्वाह गर्दै प्रधानमन्त्री ओलीले विकास, सकारात्मकता र सहज जीवनका लागि यसको उपयोग गर्नुपर्नेमा जोड दिए ।‘विकासको तीर्खाबाट हामी ग्रस्त छौं, त्यसका लागि डिजिटल नेपालको अवधारणा ल्याऔं, हामीले आर्टिफिसियल इन्टेलिजेन्सको सकारात्मक उपयोग गर्नुपर्छ,’ उनले भने, ‘एआईको दुरुपयोगबाट हुन सक्ने दुष्प्रभाव रोक्न सचेतना र कानुनी प्रबन्धमा पनि जानुपर्छ ।’
उनले आटिर्फिसियल इन्टेलिजेन्ससम्बन्धी नीति र योजना ल्याउने जानकारी पनि दिए ।































