linktrix Long Ad
Salt Trading Long Ad

डीआईजी गुरुङ र ढकाल एआईजीमा बढुवाका लागि सिफारिस

689
shares

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) बुद्धिराज गुरुङ र केदार ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) बढुवाका लागि सिफारिस भएका छन् ।

एआईजीपी रामदत्त जोशी र किरण राणा अनिवार्य अवकाशमा गएपछि रिक्त रहेको दुई पदमा गुरुङ र ढकाल बढुवाका लागि सिफारिस भएका हुन् ।गृह सचिव गोकर्णमणी दुवाडीको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिको बुधबार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत गुरुङ र प्रहरी प्रधान कार्याल्य प्रशासन विभाग अन्तरगत रहेको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा कार्यरत ढकाल बढुवाका लागि सिफारिस गरेको बढुवा समितिमा सदस्य सचिव एवम प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले जानकारी दिए ।

यसैवीच बढुवा सिफारिस समितिले बरियताक्रम मिचेर डीआईजीपी ढकाललाई एआईजीपीमा बढुवा गरेको छ । गुरुङ पछि दोस्रो बरियतामा रहेका गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजीपी दुर्गा सिंहलाई बढुवा नगरेर सिंहभन्दा १० महिनापछि डीआईजीपीमा बढुवा भएका ढकाललाई एआईजीपी बढुवा सिफारिस गरेको छ ।अहिले एआईजीपीमा बढुवा नगर्दा ढकाल एक महिनापछि अर्थात आगामी मंसिर २२ गते डीआईजीपीबाटै अनिवार्य अवकाश पाउने भएपछि सिंहलाई अन्याय गरेर ढकाललाई एआईजीपी बढुवा गरेको हो ।

सिंह २०७९ असारमा डीआईजीपी बढुवा भए पनि ढकाल भने १० महिनापछि २०८० बैशाखमा मात्रै डीआईजीपी बढुवा सिफारिस भएका थिए । यद्यपी सिंह आगामी चैतमा आईजीपी कुवँरसँगै अनिवार्य अवकाशमा जाने भएकाले उनी यसपछि पनि एआईजीपी बढुवा हुने सम्भवानालाई मध्यनजर गर्दै ढकाललाई एआईजीपी सिफारिस गरेको बढुवा समितिले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports