२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

७ वटा राजनीतिक दलको नाम परिवर्तन

884
shares

ठमाडौँ । निर्वाचन आयोगले दिएको निर्देशन पश्चात् ७ वटा राजनीतिक दलले आफ्नो नाम परिवर्तन गरेका छन् । आयोगले असोज २२ गते राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको १८ औँ वार्षिक प्रतिवेदनमा उक्त विषय उल्लेख गरिएको छ ।

२०८० फागुन ३ गते बसेको आयोगको बैठकले १९ वटा राजनीतिक दललाई नाम परिवर्तन गर्न भन्दै निर्देशन दिएको थियो । निर्देशन दिइएका दलहरूको नाम नेपालको संविधान तथा राजनीतिक दल सम्बन्धी ऐनको मर्म र भावना अनुरूप नभएको तथा नदेखिएकोले नाम परिवर्तन गर्नुपर्ने निर्णय आयोगले गरेको थियो ।आयोगका अनुसार यो काम राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम दर्ता भएका दलहरूलाई नाम परिवर्तनका लागि निर्देशन दिइएको थियो । तीमध्ये आयोगको निर्देशनपछि आयोगमा दर्ता भएका सात वटा राजनीतिक दलको नाम परिवर्तन भएको आयोगले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

नाम परिवर्तन गर्ने दलहरूमा नेपाल खम्बुवान साझा पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल दलित पार्टी, नेपाल सुकुम्वासी पार्टी (लोकतान्त्रिक), ताम्सालिङ लोकतान्त्रिक पार्टी, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी र आमूल परिवर्तन मसिहा पार्टी नेपाल रहेका छन् ।ती पार्टीहरूले क्रमशः नाम परिवर्तन गरेर राष्ट्रिय साझा पार्टी, नेपाल जनमुक्ति पार्टी, नेपाल मानवतावादी पार्टी, नेपाल जनता संरक्षण पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी, जनसेवा लोकतान्त्रिक पार्टी र आमूल परिवर्तन रिपब्लिकन पार्टी नेपाल राखेका छन् ।

‘निर्वाचन आयोगको मिति २०८० फागुन ३ को बैठकको निर्णयबाट राजनीतिक दल सम्बन्धी ऐन, २०७३ बमोजिम आयोगमा कायम रहेका १९ वटा राजनीतिक दलहरूलाई दलको नाम नेपालको संविधान तथा राजनीतिक दल सम्बन्धी ऐनको मर्म र भावना अनुरूप भएको नदेखिएकोले नाम परिवर्तन गर्न निर्देशन दिइएकोमा देहायका राजनीतिक दलहरूबाट दलको विधान बमोजिम केन्द्रीय समितिबाट निर्णय गरी दिइएको निवेदन तथा संलग्न कागजातको जाँचबुझ गरी राजनीतिक दलको नाम संशोधन गरिएको छ‚’ आयोगले राष्ट्रपति पौडेल समक्ष बुझाएको प्रतिवेदनमा लेखिएको छ ।

आयोगका अनुसार निर्देशन दिइएका मध्ये मुस्कान सेना नेपाल पार्टी‚चुरे भावर लोकतान्त्रिक पार्टी‚मधेस तराई फोरम‚ मधेसी जनअधिकार फोरम मधेस‚शिव सेना नेपाल‚खम्बुवान् राष्ट्रिय मोर्चा नेपाल‚ सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)‚अखण्ड सुदूरपश्चिम पार्टी नेपाल‚पिछडा वर्ग निषाद दलित जनजाति पार्टी‚राष्ट्रवादी युवा मोर्चा‚ मङ्गोल नेशनल अर्गनाइजेशन लगायत दलले नाम परिवर्तन गरेका छैनन् । प्रतिवेदनमा उल्लेख गरिएअनुसार देशभक्त जनगणतान्त्रिक मोर्चा नामक राजनीतिक दलको दर्ता खारेजी गरिएको छ । यस्तै‚ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल सद्‌भावना पार्टी, राष्ट्रिय साझा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी लगायत १३ दलको विवरण हेरफेर र संशोधन गरेको छ। प्रतिवेदन अनुसार आयोगमा ११९ वटा राजनीतिक दल दर्ता भएका छन्।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports