२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रामवीर मानन्धर एमालेमै फर्किए

806
shares

काठमाडौं । पूर्वमन्त्री तथा काठमाडौं ७ बाट २ पटक निर्वाचित सांसद रामवीर मानन्धर करिब ३ वर्षपछि एमालेमै फर्किएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर १६ को उपचुनावमा एमालेलाई जिताउने घोषणा गर्दै उनी पार्टीमा फर्किएका हुन् ।

मानन्धर २०४९ र २०५४ मा दुईपटक १६ नम्बर वडाको वडाध्यक्ष निर्वाचित भएका थिए भने २०७० र २०७४ मा सोही क्षेत्रबाट सांसद जितेका थिए । पछिल्लो २०७९ को चुनावमा घण्टाघर चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका मानन्धरले १२ सय मत पाएका थिए ।मंसिर १६ गते हुने उपनिर्वाचनको मुखैमा उनी एमालेमा फर्किएर १६ नम्बर वडाको चुनावी अभियानमा सक्रिय भएको जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले बताए । मानन्धर सोमवार आयोजित १६ नम्बर वडाको उम्मेदवार घोषणा कार्यक्रममा सहभागी भएका थिए ।

दुई पटक सोही वडाको वडाध्यक्ष भएका स्थानीय नेता मानन्धरको एमालेमा फिर्तिले उपचुनावमा निर्णायक असर गर्ने बताइएको छ । सो वडामा एमालेले लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाएर घरदैलो थालिसकेको छ । कांग्रेसबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि रिक्त स्थानमा हुन लागेको उपचुनावमा कांग्रेसले उम्मेदवार तय गर्न बाँकी छ । सो वडाका ४ सदस्य भने एमालेले जितेको छ । मानन्धर एमालेमा फर्किएसँगै वडा नम्बर १६ मा विरासत फर्काउन सहज भएको अध्यक्ष निरौलाले बताए । मानन्धर २०७९ को स्थानीय तह निर्वाचनदेखि नै एमालेमा निष्क्रिय भएका थिए । उनले केशव स्थापितलााई मेयर उम्मेदवार बनाउने निर्णयमा असहमति जनाउँदै एमालेबाट अलग भएका थिए ।

१६ नम्बर वडाको उम्मेदवार घोषणा सभामा एमाले नेताहरु डा. राजन भट्टराई, रघुजी पन्त,कृष्णगोपाल श्रेष्ठ, काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेल, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, पूर्वमेयर विद्यासुन्धर शाक्य, पूर्वसांसद रामवीर मानन्धरलगायतका नेताले एक साथ उभिएर लक्ष्मीरत्न तुलाधरलाई विजयको शुभकामना दिएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports