२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उधोगीहरूले १५ दिन भित्र महसुल नतिरे फेरी लाईन काट्छौ : कार्यकारी निर्देशक घिसिङ

676
shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन विद्युत प्रयोग गरेबापतको बक्यौता महसुल उद्योगीले १५ दिनभित्र नतिरे फेरि लाइन काट्ने बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै घिसिङले सरकारको निर्णय बमोजिम अहिले लाइन जोडिएको बताए ।

‘हामीले बक्यौता महसुल नबुझाउने २८ उद्योगको लाइन कात्तिक ८ गते काटेका थियौं । नेपाल सरकारबाट १५ दिनभित्र बक्यौता उठाउने गरी हाललाई २४ घण्टाभित्र लाइन जोड्ने निर्देशन प्राप्त भएको छ ।’ घिसिङले भने, हामी बक्यौता उठाउन लाग्नेछौँ। उहाँहरूले पनि बुझाउनुपर्नेछ। १५ दिनभित्र पनि बक्यौता तिर्न नआए हामी फेरि आफ्नो प्रक्रियामा जान्छौं ।’

उनले अब यो विषय प्राधिकरण र सरकारको मात्र नभइ आम जनचासोको विषय बन्नुपर्ने बताए । बक्यौता तिर्नको लागि २८ किस्ताको सुविधा दिइएको भन्दै घिसिङले एउटा मात्रै किस्ता तिरेका उद्योगको पनि लाइन नकाटिएको बताए। उनले अहिले १४ उद्योगले यस्तो सुविधा उपभोग गरिरहेको पनि जानकारी दिए।मन्त्रिपरिषद्को निर्णय र निर्देशनसँगै प्राधिकरणले सबै उद्योगको लाइन जोडिसकेको छ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports