सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रिय सभामा सदस्य पदका लागि यही माघ १२ गते निर्वाचन हुने

442
shares

काठमाडौँ । राष्ट्रिय सभामा रिक्त सदस्य पदका लागि यही माघ १२ गते निर्वाचन हुने भएको छ। निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन्।निर्वाचन आयोगका अनुसार देशभरबाट दुई हजार २५ जना मतदाताले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिनेछन्।मतदाताको नामावली आयोगको वेबसाइटबाट प्रकाशन भइसकेको छ। शनिबार मतदाता नामावली प्रकाशन गर्दै दाबी विरोधका लागि आह्वान गरिएको थियो।

मतदाताको अन्तिम नामावली भने सोमबार प्रकाशित हुने आयोगले जनाएको छ। आयोगका अनुसार मंगलबार उम्मेदवारी दर्ताको कार्यक्रम छ। आयोगले सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना गरिसकेको छ।

आयोगले दिएको जानकारीअनुसार प्रदेश १ मा २६४, प्रदेश २ मा ३७२, बागमतीमा ३४६, गण्डकीमा २२९, लुम्बिनीमा २९६, कर्णालीमा १९१ र सुदूरपश्चिम २२७ जना मतदाता रहेका छन्।सत्तारूढ गठबन्धनले रिक्त १९ राष्ट्रिय सभा सदस्यमा भागबन्डा गरेर उम्मेदवार तय गर्ने तयारी गरेका छन्।

यसका लागि गठबन्धनले पार्टीहरूका शीर्ष नेताहरू रहेको समन्वय समिति पनि गठन गरेको थियो।दलहरूले राष्ट्रिय सभा सदस्य उम्मेदवारहरूको नाम सिफारिस गर्न थालेका छन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रदेशहरूबाट उम्मेदवारका आकांक्षीको नाम केन्द्रमा पठाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports