आजका लागि पासपोर्ट सेवा बन्द
वि.सं.२०८१ मंसिर ६ बिहीवार १५:५५
shares

राहदानी सेवा बन्द भएको छ । राहदानी विभागले आजका लागि पासपोर्ट सेवा बन्द गरेको जानकारी गराएको छ ।
तथ्यांक व्यवस्थापनमा समस्या आएकाले पासपोर्ट सेवा बन्द गर्नुपरेको विभागको भनाइ छ । ‘राहदानीको तथ्यांक व्यवस्थापनमा समस्या आएको कारण आज मिति २०८१ मंसिर ६ गतेका दिन राहदानी सेवा बन्द गर्नुपरेको व्यहोरा अनुरोध गर्दछौं,’ जारी सूचनामा उल्लेख छ । आजको समय तोकिएका सेवाग्राहीलाई भोलि वा अर्को दिन प्राथमिकताका साथ सेवा उपलब्ध गराउने विभागले जनाएको छ ।






































