काठमाडौं र ललितपुरका तीन फरक ठाउँमा तीन वटा शव फेला
वि.सं.२०८१ मंसिर ६ बिहीवार १६:२२
shares

काठमाडौं । काठमाडौं र ललितपुरका तीन फरक ठाउँमा तीन वटा शव फेला परेका छन् ।
काठमाडौं महानगरपालिका–१६ माछापोखरी बसन्तनगर स्थित क्लासिकल होटलमा एउटा शव फेला परेको छ । नुवाकोटको ककनी गाउँपालिका–६ घर भएका २८ वर्षीय भोला पाठक बिहीबार मृत अवस्थामा फेला परेका छन् ।यसैगरी काठमाडौं महानगरपालिका–१६ माछापोखरी मितेरी पुल नजिकै खाली जग्गामा रहेको पुरानो ठेलामाथि एक पुरुषको शव भेटिएको छ । हाल नामथर र ठेगाना नखुलेका अन्दाजी ५५ वर्षका पुरूष बिहीबार मृत अवस्थामा फेला परेका हुन् । उता ललितपुर महानगरपालिका–२५ स्थित नख्खु खोलामा पनि नामथर, ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
































