एकीकृत समाजवादी कोशी प्रदेश कमिटी सदस्य रविन नगरकोटी सहित एक दर्जन बढी नेता कार्यकर्ताहरू नेकपा एमालेमा फर्किए
वि.सं.२०८१ मंसिर ६ बिहीवार १७:१९
shares

विराटनगर । नेकपा एकीकृत समाजवादी कोशी प्रदेश कमिटी सदस्य रविन नगरकोटी सहित एक दर्जन बढी नेता कार्यकर्ताहरू नेकपा एमालेमा फर्किएका छन् ।
नेकपा एमाले मोरङ पार्टी कार्यालयमा उनीहरूलाई एमालेमा स्वागत गरेको हाे । तत्कालीन पूर्वाञ्चल खेलकुद विकास समिति अध्यक्ष समेत रहेका नगरकोटी सहित खेल क्षेत्रका १५ जना एमालेमा प्रवेश गरेको एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरेले बताए । उनका अनुसार नगरकोटी सहित राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका खेलाडी छन् । नवप्रवेशीहरूलाई पार्टीले चाँडै जिम्मेवारी दिइने घिमिरेले बताए । यसअघि नेकपा एस परित्याग गरि कोषराज नेउपाने, हरि सुवेदी, खेमराज तिम्सिना लगायतका ५० वढी नेताहरूले नेकपा एमाले पार्टी सदस्यता नविकरण गरेका थिए ।
































