२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

इजरायलका प्रधानमन्त्री नेतन्याहु बिरूद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतबाट पक्राउ पुर्जी जारी

1.04K
shares

अन्तर्राष्ट्रिय फौजदारी अदालतले बिहीबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसहित केही वरिष्ठ अधिकारी विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

नेतान्याहु सहित पूर्वरक्षामन्त्री योआव गलान्ट र हमासका सैन्य प्रमुख मोहम्मद देइफलाई मानवताविरुद्धको अपराध र युद्ध अपराधका आरोपमा पक्राउ पुर्जी जारी गरेको हो। अन्तर्राष्ट्रिय अदालतको पूर्वपरीक्षण चेम्बरले आफ्नो क्षेत्राधिकारमा इजरायलका चुनौतीहरू अस्वीकार गर्दै गाजापट्टीमा इजरायलको आक्रमणसम्बन्धी नेतन्याहु र गलान्ट दुवैका लागि पक्राउ पुर्जी जारी गरेको घोषणा गरेको छ।

यो घटनाक्रम त्यतिबेला भएको हो जब स्थानीय अधिकारीहरूका अनुसार प्यालेस्टिनी क्षेत्रमा मृतकको संख्या ४४ हजारभन्दा बढी पुगिसकेको छ, जसमा हजारौं बालबालिका पनि समावेश छन्। हमासद्वारा नेतृत्व गरिएको अक्टोबर ७ को आतंकवादी आक्रमणपछि, करिब १२ सय इजरायली मारिएका थिए भने करिब २५० जना बन्धक बनाइएपछिको इजरायली घातक हमलामा धेरै मानिसहरुको हताहती भएको हो।

इजरायलले गाजामा युद्ध अपराधको आरोपलाई लगातार अस्वीकार गर्दै आएको छ र यसलाई ‘एक दुष्ट अभियोजक जसले एक मात्र यहूदी राष्ट्रलाई बदनाम गर्न खोजेको’ भन्ने गरेको छ। यसअघि उसले आफ्ना सहयोगीहरूसँग कुनै पनि पक्राउ पूर्जी लागू नगर्न आह्वान गरेको थियो। इजरायल र संयुक्त राज्य अमेरिका दुवैले अदालतको क्षेत्राधिकारलाई मान्यता दिएका छैनन्, यद्यपि अमेरिकाले इजरायलको आक्रमणलाई समर्थन गर्ने गरेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports