२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज दरवारमार्गमा एमालेको जागरण सभा, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

910
shares

काठमाडौं । नेकपा (एमाले)ले आज शुक्रबार काठमाडौंको दरबारमार्गमा जागरण सभा गर्दै छ । सभालाई पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरु सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

दरबारमार्गमा हुने सभा बिहान ११ बजे भद्रकालीबाट र्‍याली सुरु हुनेछ । भद्रकालीबाट सुरु भएको र्‍याली सुन्धारा, वीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुनेछ । सभामा एक लाख जनतालाई उतार्ने एमालेको लक्ष्य रहेको छ । जागरण सभा एमालेको काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको संयुक्त आयोजनामा हुन लागेको हो । यसअघि भृकुटीमण्डपमा गर्न लागिएको कार्यक्रम त्यहाँ ठाउँ साँघुरो हुने भएकाले दरबारमार्गमा सारिएको एमालेले जनाएको छ । समाजमा सरकार र एमालेविरुद्ध उठाइएको योजनाबद्ध रूपको अराजकता, अनुशासनहीनता तथा अराजनीतिक व्यवहारलाई चिर्न जागरण सभा गर्न लागिएको एमाले बागमती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुंगेलले बताए । ‘फेक न्युज लेख्नेदेखि लिएर, कानुन, अदालत, सरकार केही नमान्ने, नारा जुलुस गर्ने कुरा गलत हो भन्ने कुरा जनतासम्म पुर्‍याउन यो कार्यक्रम आयोजना गरिएको हो’, ढुंगेलले भने ।

सरकारमा रहेको बेला पनि सरकारमा सामेल राजनीतिक दलले जनतालाई अपिल गर्न पाउने ढुंगेलले प्रष्ट पारे । यस्ता कार्यक्रम अन्य मुलुकमा पनि हुने गरेका र नेपालमा पनि यसअघि बारम्बार हुने गरेका ढुंगेलले सुनाए ।‘लोकतन्त्रको सुन्दर पक्ष भनेकै यही हो, लोकतन्त्रमा सत्तामा हुन् वा नहुन्, राजनीतिक दल जनता भन्दा टाढा हुँदैनन्, जनताभन्दा बाहिर रहन सक्दैनन्’, ढुंगेलले भने ।सरकारमा रहेका दलको प्रमुख काम सेवा प्रवाह गर्नु नै भएको बताउँदै ढुंगेललले यस बाहेक आफ्ना कुरा जनताका बीचमा लैजान राजनीतिक दललाई कसैले रोक्न नसक्ने स्पष्ट पारे । ‘यति बेला सरकार, पार्टी, नेता, देश, संविधान र व्यवस्थालाई नै थ्रेट छ, देशी, विदेशीको उक्साहटमा लाग्ने केही अराजक र अराजनीतिक मानिसहरूले जुन भाष्य निर्माण गरेका छन्, त्यसको विपक्षमा जनतालाई सजग गराउन यो कार्यक्रम आयोजना गरिएको हो’, उनले भने ।

उपत्यका भित्रको एमालेको शक्तिलाई कार्यक्रममा उतार्ने ढुंगेलले बताए । ‘उपत्यका बाहिरका काठमाडौंमा रहेका साथीहरू पनि कार्यक्रममा सहभागी हुनुहुन्छ, एमाले सिद्धिएको होइन, नेपालको भविष्य बनाउने, सुखी नेपाली समृद्ध नेपाल बनाउने पार्टी नेकपा (एमाले) हो भन्ने सन्देश सभामार्फत हामीले जनतालाई दिने छौँ’, ढुंगेलले भने । देश र व्यवस्थालाई बलियो बनाउँछु भन्ने पार्टीलाई कमजोर बनाएर देशलाई खरानी बनाउने योजना बनाउनेका विपक्षमा आज कार्यक्रम भएको ढुंगेलले स्पष्ट पारे । ‘एमालेलाई कमजोर बनाउनु भनेको लोकतन्त्र र राष्ट्रवादी शक्तिलाई कमजोर बनाउनु हो, यस्ता शक्तिसँग नागरिकलाई सचेत गराउने हाम्रो उद्देश्य हो’, उनले भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports