२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओवादी केन्द्रको दुई वटा कार्यदलले पेस गरेको प्रतिवेदन अनुमोदन

702
shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रले दुईवटा कार्यदलले पेस गरेको प्रतिवेदन अनुमोदन गरेको छ । बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले सुझाव प्रतिवेदन अनुमोदन गरेको हो ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा मंसिर ४ गते बसेको पदाधिकारी बैठकले विधानलाई लिपिबद्ध गर्न र पालिका सम्मेलनको कार्यविधि बनाउन छुट्टाछुट्टै कार्यदल गठन गरेको थियो ।जसमा महासचिव देव गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा रहेका थिए । यता पालिका सम्मेलन गर्दा आउने प्रतिनिधिहरू पार्टी सदस्यको आधारमा कसरी आउने र निर्वाचन प्रक्रिया कस्तो बनाउने भन्ने विषयमा कार्यविधि बनाउन अर्को समिति बनेको थियो । यो कार्यदलमा महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन र सचिव हितराज पाण्डे रहेका थिए । बुधबारको बैठकले यी दुवै कार्यदलबाट आएका सुझाव अनुमोदन गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

‘प्रदेशमा अध्यक्ष, दुई उपाध्यक्ष, दुई सहसचिव, सचिव र कोषाध्यक्ष रहने गरी कार्यविधि पारित गरेको छ । टोलमा अध्यक्ष र सचिव तथा सेलमा सेक्रेटरीमात्र रहने व्यवस्था गरिएको छ । विधानमा देखिएका केही अलमलको विषय सच्याउने कुरा भयो’, उनले भने । माओवादीको केन्द्रीय समिति बैठकपछि प्रदेश सम्मेलन हुँदैछ । यस्तै स्थानीय तह उपनिर्वाचनमा सम्पूर्ण शक्ति लागि पर्ने उनले बताए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports