२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

१६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आज राति १२ बजे देखि निर्वाचन आचारसंहिता लागु हुने

923
shares

काठमाडौं । १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि बिहीबार रातिदेखि निर्वाचन आचारसंहिता लागु हुने भएको छ ।

मतदान केन्द्रमा मतदान कार्य नसकिँदासम्म निर्वाचन आचारसंहिता विपरीतका कार्यहरू नगर्न निर्वाचन आयोगले सूचना जारी गरी सचेत गराएको छ । निषेध (मौन) अवधिका समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत पाइने छैन । निर्वाचनलाई स्वच्छ र निस्पक्ष बनाउनलाई आयोगले मतदानको ४८ घण्टाअघि निषेधित तथा मौन अवधि लागु गर्ने गर्दछ ।

‘निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ र १८ बमोजिम निषेध गरिएका कार्यहरू हुन नदिने सम्बन्धित निकाय तथा अधिकारीहरूलाई निर्देशन दिएको छ,’ आयोगको सूचनामा भनिएको छ । उपनिर्वाचन हुने स्थानीय तहमा अनधिकृत एवम् शंकास्पद व्यक्तिको प्रवेश र तिनका गतिविधिमा उच्च निगरानी राख्‍ने, सूक्ष्म ढङ्‍गले अनुगमन गर्ने र निर्वाचनको स्वच्छता, निष्पक्षता, स्वतन्त्रता र विश्‍वसनियतामा आँच आउने कुने कार्य वा अवाञ्छित गतिविधि भएको वा हुन सक्ने शङ्‍का लागेमा वा कुनै सूचना प्राप्‍त भएमा मतदान केन्द्र तथा निर्वाचनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले थप आदेश लिनु नपर्ने गरी नियन्त्रणमा लिई प्रचलित कानून बमोजिम तत्काल कारबाही गर्न समेत आयोगले निर्देशन दिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports