सडक, सदन र समाचारमा हेर्ने हो भने रास्वपा, सभापति रवि लामिछाने र बालेन्द्र...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्रीको चीन भ्रमण सफल रहयो : एमाले

754
shares

काठमाडौँ – सत्तारुढ दल नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले चीन भ्रमणमा प्रधानमन्त्री ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनामा सम्झौता गरी अघि बढाउनु आफैमा सफलता भएको निष्कर्ष निकालेको हो।बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणको समीक्षा गरिएको बताए। उनले नेपाल—चीन सम्बन्धमा पारेका प्रभावको समीक्षा गर्दा भ्रमण सफल भएको निष्कर्ष निकालेको बताए।

अन्य सम्झौताका अतिरिक्त बिआरआईमा भएको सम्झौता नेपालको दीर्घकालीन विकासका लागि निकै महत्वपूर्ण उपलब्धि भएको एमालेको ठहर छ।सत्तामा रहेका प्रमुख पार्टीहरुको बीचमा भएको सहमतिले बिआरआईलाई निष्कर्षमा पुर्‍याउन सहयोग गर्नुका साथै भविष्यमा परराष्ट्र नीति र बाह्य सम्बन्ध सञ्चालन गर्दा दिगोपन राष्ट्रिय सहमति निर्माण हुने आधार बनेको निष्कर्ष एमालेको छ। बिआरआई सहमतिमा दुवै देशले कार्यान्वयनमा जोड दिनुपर्ने एमालेको भनाइ छ।बैठकले मंसिर १६ गते भएको उपनिर्वाचनको समीक्षासमेत गरेको छ। जसमा समग्रमा विगतको भन्दा धेरै सिट जिते पनि कुनै पनि पार्टीले जनताको मत आफ्नो साथमा राख्न नसकेकोमा समीक्षा गरेको बताए।

शहरी क्षेत्रमा जनमत सोचेकोजस्तो नआएकोबारेमा पनि छलफल गरिएको र आगामी दिनमा जनमत जोड्दै जानेबारेमा निष्कर्ष निकालेको बताए। मतको परिवर्तनलाई गम्भीरतापूर्वक लिएको उनको भनाइ छ। केही राजनीतिक दलका नेताहरुले आफ्नो क्षणिक स्वार्थका निम्ति सामाजिक सञ्जालहरुको दुरुपयोग गर्दै मिसइन्फर्मेसन र डिसइन्फर्मेसनको माध्यमबाट जनतामा निराशा र भ्रम फैल्याउने काम गरेको निष्कर्ष एमालेको छ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports