२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

४ वटा प्रदेशका डीआईजीहरुको सरुवा तथा पदस्थापन

1.42K
shares

काठमाडौँ । गृह मन्त्रालयले ४ वटा प्रदेशका डीआईजीहरुलाई सरुवा तथा पदस्थापन गरेको छ । लुम्बिनी प्रदेशमा डीआईजी दान बहादुर कार्की र कोशी प्रदेशमा राजन अधिकारीलाई सरुवा गरिएको छ ।

भोला बहादुर रावललाई गण्डकी प्रदेशमा र गणेश चन्दलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको पहरी प्रधान कार्यालयले जनाएको छ ।गृहमन्त्री रमेश लेखकको निर्णय अनुसार बढुवा भएका ८ जना डीआईजीहरुलाई पदस्थापन गरिएको छ । विशेष ब्युरोमा सिद्धिविक्रम शाहलाई पदस्थापन गरिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोमा कोशी प्रदेशमा कार्यरत चन्द्र कुवेर खापुङलाई ल्याइएको छ ।

डम्बर बहादुर विकलाई प्रहरी प्रधान कार्यालय स्थित कार्य विभाग, हिमाल कुमार श्रेष्ठलाई अख्तियार र उमा प्रसाद चतुर्वेदीलाई प्रधान कार्यालय स्थित महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयमा पदस्थापन गरिएको छ ।रानीपोखरी स्थित उपत्यका प्रहरी कार्यालयमा ध्रुवराज राउतलाई पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।मङ्सिर १७ मा राउत सहितका ८ जना उच्च अधिकृतहरू डीआईजमा बढुवा भएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports