२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बुद्ध धर्मले नेपाल—चीन बिचको सम्बन्धलाई थप प्रगाढ बनाउने छ : प्रधानमन्त्री ओली

1.01K
shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मले नेपाल—चीन बिचको सम्बन्धलाई थप प्रगाढ बनाउने बताएका छन् ।

शुक्रवार काठमाडौँमा नन्हाई बुद्ध धर्म गोलमेच सम्मेलनलाई सम्बोधन गर्दै उनले बुद्ध धर्मले शान्ति र सांस्कृतिक आदानप्रदानलाई बढावा दिने उल्लेख गरे । उनले यस्ता सम्मेलनले नेपाल र चीनबिचका मात्रै नभई अन्य देशमा रहेका बौद्ध धर्मावलम्वीहरुबिचको सम्बन्ध अझ प्रगाढ बनाउने, आपसी प्रेरणा जागृत गराउने बताए । प्रधानमन्त्री ओलीले एसियाका ज्योतिको रूपमा परिचित गौतमबुद्धको जन्मस्थलमा भइरहेको यो कार्यक्रमले नेपाल र बौद्ध धर्मावलम्वीहरुबीचको सम्बन्ध थप मजबुत बनाउने विश्वास व्यक्त गरे । उनले नेपाल बौद्धमार्गीहरुका लागि अध्ययनको थलो भएको समेत बताए।

बुद्धको जन्मस्थल लुम्बिनीलाई समृद्ध र संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याए। गौतम बुद्धको शिक्षाले जीवनलाई सार्थक र उज्यालो बनाउने बताए । उनले नेपालबाट विश्वमा शान्तिको सन्देश दिन सक्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले गौतम बुद्धका शिक्षाले शान्ति, करुणा, जनतामा समझदारी र मार्ग दर्शन गर्ने बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports