२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल नर्सिङ संघमा चन्द्रकला शर्माको प्यानलै विजयी

988
shares

काठमाडौं। नेपाल नर्सिङ संघको २०औँ केन्द्रीय कार्यसमितिका लागि निर्वाचनबाट प्राध्यापक चन्द्रकला शर्मा नेतृत्वको समूहको प्यानल नै विजयी भएको छ । शर्मा नेतृत्वको समूहले गंगा थापा नेतृत्वको अर्को समूहलाई पराजित गरेको हो ।

अध्यक्ष पदमा शर्माले २१५० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी बनेकी थापाले १ हजार ३७० मत मात्रै प्राप्त गरिन्।यस्तै अध्यक्ष पदको अर्को उम्मेद्धार वसन्ती थापाले २८२ मत मात्रै प्राप्त गरिन् ।यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा विजयी भएका छन् । सुब्बाले २ हजार ६० मत पाउँदा उनका निकटतम प्रतिद्वन्दी कल्पना श्ररेष्ठ जोशीले १ हजार ५९७ मत पाइन् ।यसैगरी उपाध्यक्षमा बबिता घिमिरे २ हजार ११ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी मनिसा कोइरालाले भने १ हजार ५७० मत पाइन् ।

यस्तै संघको महासचिवमा डा. देवका कुमारी आचार्य १हजार ७३३ मतसचित व निर्वाचित भएकी छिन् । उनका प्रतिस्पर्धीहरू मिना कुमारी कार्कीले १ हजार ३४७ मत र जानकी धामीले ६२२ मत पाइन् ।सचिवमा भने वेली पौडेलले बाजी मारेकी छिन् । बेनीले २ हजार ९० मत पाउँदा उनका निकटतम प्रतिद्वन्दी जया मिश्रले १ हजार ५७३ मत मात्र ल्याइन् ।यसैगरी संघको कोषाध्यक्षमा तुलसादेवी अधिकरीले २ हजार १८८ मतसहित निर्वाचित भएकी छिन्। उनका प्रतिस्पर्धी रमादेवी पहारी (ज्ञवाली)ले १ हजार ४८२ मत मात्र पाइन् ।

यस्तै खुल्ला केन्द्रीय सदस्‍यमा शर्मा प्यानलकै मेनुका पोख्रेल २ हजार ८८ मतसहित विजयी भएकी छिन् भने उनका प्रतिस्पर्धी सानु कमाुरी विष्ट १ हजार ५८१ मत मात्र ल्याइन् ।आदिवासी जनाजतितर्फ भने संघमा कला बस्याल र गुरूङ र हरिसप्रसाद कोजु विजयी भएका छन् । कलाले २ हजार १० मत र कोजुले २ हजार ८२ मतसहित विजयी भएका हुन् । उनीहरूका प्रतिस्पर्धीहरू रुपा देवी थापाले १ हजार ६७३ मत र रती पाक्वाङले १ हजार ५८७ मत मात्र पाइन् ।दलित सदस्यमा कोपिला विश्वकर्माले २ हजार १२२ मतसहित निशा विकलाई हराइन्। निशाले भने १ हजार ५४३ मत ल्याइन् ।यस्तै मधेशी र मुस्लिम सदस्यतर्फ पासपति जयसवालले २ हजार २६ मत र सवेनाज वेगमले २ हजार ३५ मत ल्याएर निर्वाचित भएका छन् । उनीहरूका प्रतिद्वन्दी अन्जु ठाकुरले १ हजार ६२६ मत र जाफ्रे आलम अन्सारीले १ हजार ५९८ मत मात्रै पाए ।

यसैगरी संघको अनमीतर्फ जानु मोक्तानले २ हजार ७० मत र शान्ति कुमारी विश्वकर्माले २ हजार ६२ मत ल्याएर निर्वाचित भएका छन् । उनीहरूका प्रतिस्पर्धी सफला बुढाथोकीले १ हजार ६२० मत र सीता कुमारी प्याकुरेलले १ हजार ५१८ मत मात्र ल्याइन् । यता, नेपाल नर्सिङ परिषद्‌ सदस्यमा भने ३ जना विजयी भएका छन् । जसमा राजदेवी अधिकारी घिमिरेले १ हजार ८७० मत, सुमिता पाठकले १ हजार ९९७ मत र राधा देवी आर्चार्यले १ हजार ७०५ मतसहित जिवाचित भएका हुन् । उनीहरूका प्रतिद्वन्द्वी ज्ञानु महर्जनले १ हजार ५४७ मत, मित्रा कमारी देवकोटाले १ हजार ४१७ मत र सरला केसीले १ हजार ५५९ मत मात्र ल्याइन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports