२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

डोनाल्ड ट्रम्पबारे झुठो सामग्री प्रकाशित, प्रसारित गरेको मुद्दामा एबीसी न्यूजले १५ मिलियन डलर जरिवाना तिर्नु पर्ने

936
shares

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पबारे झुठो सामग्री प्रकाशित, प्रसारित गरेको मुद्दामा एबीसी न्यूजले १५ मिलियन डलर जरिवाना तिर्नु पर्ने भएको छ । ट्रम्प ‘बलात्कार का लागि जिम्मेवार’रहेको भन्दै एबीसी न्यूजले आफ्नो अनलाइन पोर्टलमा एक समाचार सामग्री प्रकाशित गरेको थियो । तर, अहिले गल्ती स्वीकार गर्दै मामिला सल्टाउन १५ मिलियन डलर भर्न तयार भएको हो ।

सम्झौता अनुसार अब एबीसी न्यूजले राष्ट्रपति निर्वाचित डोनाल्ड ड्रम्पले स्थापित गरेको फाउण्डेशन वा राष्ट्रपतिको नामबाट स्थापित संग्रहालय अथवा धर्मार्थ योगदानका रुपमा १५ मिलियन डलर भर्नेछ ।यस्तै, ट्रम्पको कानूनी फी’का लागि एक मिलियन डलर भुक्तानी गर्न समेत एबीसी सहमत भएको छ । त्यति मात्रै नभई सम्झौता अनुरुप एबीसीले १० मार्च २०२४ मा अनलाइन समाचार सामग्रीको मुनि सम्पादकको नोट (भूलसुधार) पोष्ट गर्नेछ ।

उसले जर्ज स्टेफानोपोलोसले १० मार्च २०२४ मा एक साक्षात्कारका दौरान लगाएको आरोपबारे समेत एउटा खेद प्रकाशित गर्ने बताइएको छ । जर्जले उक्त साक्षात्कारका क्रममा एक कंग्रेस सदस्यलाई चुनौति दिँदै बारम्बार वक्तव्यबाजी गरेका थिए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports