२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गालीगलौजले देश बन्दैन : ज्ञवाली

793
shares

काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले हालै एमालेले कारबाही गरेका भीम रावलले अध्यक्ष ओलीमाथि लगाएको आरोप अपेक्षित नै भएको बताएका छन् । साथै उनले रावलको आरोप नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०७७ सालमा लगाएको भन्दा भिन्न नरहेको बताए ।

बिहीबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीले सोधेको प्रश्नमा उपमहासचिव समेत रहेका ज्ञवालीले ओलीबारे रावलको आरोप प्रचण्डकै कपिपेस्टको संज्ञा दिए । ‘हामीले धेरै छलफल गरेनौँ । किनभने त्यो नौलो कुरा भएन । २०७७ साल कात्तिकमा यिनै भाषामा प्रचण्डले अध्यक्ष केपी ओलीलाई यस्तै खालका टिप्पणी गर्नुभएको थियो’, ज्ञवालीले भने,‘एक किसिमले कपिपेस्ट जस्तै हो नयाँ कुरा छैन ।’

आरोप लगाएबाटै रावलमा कति धेरै नकारात्मकता भरिएको रहेछ भन्ने पुष्टि भएको ज्ञवालीको भनाइ छ ।‘एकजनमा बाबुराम, प्रचण्डहरू पुराना पार्टीलाई डिक्सनेरीमा भएका सबै शब्द प्रयोग गर्नुहुन्थ्यो, पछि रविजीहरू पनि त्यसैगरी उदाउनुभयो । गालीगलौजले देश बन्दैन’, ज्ञवालीले भने, ‘३१ पेजमा साढे ३० पेज गालीगलौज र आधा पेज अभियान चलाउने कुरा गर्नुभएपछि छलफल गर्नुपर्ने विषय हामीलाई लागेन ।’

ज्ञवालीले प्रतिनिधि सभा विघटन, नेकपा विभाजन लगायतका विषय रावलले उठाएको भन्दै तिनै मुद्दा तत्कालीन गठबन्धनले चुनावमा लगेपनि जनताको रोजाइमा एमाले रहेको देखिएको दाबी गरे । साथै उनले गालीगलौजको प्रतिस्पर्धामा नगएर देश बनाउने अभियानमा लाग्ने बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports