२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जी बी राईको राहदानी रद्ध गर्न कास्की जिल्ला अदालतको आदेश

910
shares

कास्की जिल्ला अदालतले गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द गर्न आदेश दिएको छ । शुक्रबार न्यायाधीश हिमाल बेलबासेको इजलासले राईको राहदानी रद्द गर्न राहदानी विभागलाई आदेश दिएको हो ।

गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको पूर्व व्यावसायिक साझेदारसमेत रहेका जीबी मलेसियामा रहेको अनुमान गरिएको छ ।उनलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले एसपीको कमान्डमा प्रहरी टोली मलेसिया पठाए पनि उनलाई ल्याउन सकेको थिएन । राहदानी रद्द भएपछि जीबीलाई ल्याउन सहज हुने दाबीसहित प्रहरीले राहदानी विभागलाई पत्र लेखेको थियो । तर, विभागले रद्द गर्न मानेन । प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय कास्कीमार्फत अदालतलाई गुहार्‍यो । ​

जीबीको राहदानी रद्द गर्नुपर्ने मागसहितको रिटमा शुक्रबार न्यायाधीश बेलबासेले अन्तरिम आदेश दिँदै माग बमोजिम हुने आदेश दिएका छन् ।अहिले प्रहरीले सरकारी वकिल कार्यालयमार्फत पाँच वटा जिल्लामा सहकारी ठगीको मुद्दामा अनुसन्धान गरिरहेको छ ।काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन, रुपन्देहीको सुप्रिम, वीरगञ्जको सानोपाइला र कास्कीको सूर्यदर्शन सहकारी गरी पाँच वटा सहकारीको ठगीमा मुख्य आरोपी जीबी नै छन् । उनले आफूसहित आफ्ना अन्य कम्पनीमा ति सहकारीबाट करोडौं ऋण प्रवाह गराएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports