२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकी राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकालका लागि लिए शपथ

910
shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्याकालका लागि शपथ ग्रहण गरेका छन् ।

राजधानी वासिङटन डीसीमा आयोजित विशेष समारोहमा उनलाई प्रधानन्यायाधीशले शपथ ग्रहण गराएका हुन् । दोस्रोपटक विजयी बनेका ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपति भएका हुन् ।शपथ ग्रहण समारोहमा विश्वभरका शीर्ष राजनीतिक नेतृत्वसहित अर्बपतिहरुसहित सर्वसाधारण सहभागीता थियो ।

शपथपछि सम्बोधन गर्दै उनले अमेरिकाको सुनौलो दिन सुरु भएको बताए । उनको चर्चित चुनावी नारा ‘पहिला अमिरेका’ दोहोर्याएका थिए । आफ्नो कार्यकालमा अमेरिका अहिलेसम्मकै उत्कृष्ट बन्ने समेत उनले दाबी गरे ।उनले भने, ‘अमेरिकाको अधोगति अन्त्य भएको छ । भगवानले मलाई अमेरिकालाई फेरि समृद्ध बनाउन बचाएका छन् ।’

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports