माघ १८ गते संसदको अधिवेशन बोलाउने सरकारको निर्णय
वि.सं.२०८१ माघ ८ मंगलवार ०८:४०
shares

काठमाडौं । सरकारले संघीय संसदको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन सिफारिस गरेको हो ।प्रधानमन्त्री ओलीले संसद अधिवेशन बोलाउनेबारे आजै सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए ।
विपक्षी दलहरूले सरकारले अधिवेशन नबोलाएर अध्यादेशबाट शासन गर्न खोजेको भन्दै आलोचना गरिरहेको बेला सरकारले अधिवेशन आह्वान गरेको हो ।सरकारले अधिवेशन नडाके विशेष अधिवेशन बोलाउने चेतावनी विपक्षी दलहरूले दिँदै आएका थिए।


































