२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भैरहवा बैकक उडान भाडा दर १२ हजार ९९० रूपैयाँ

845
shares

थाइ एयर एसियाले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंकक उडानका लागि प्रचार–प्रसार थालेको छ।कम्पनीले बुकिङ पिरियड राखेर यतिबेला आफ्नो वेबसाइट तथा समाजिक सञ्जालमा सस्तो भाडादरमा टिकट बिक्रीका लागि राखेको हो।

जसअनुसार एकतर्फी भाडादर १२ हजार ९९० रूपैयाँ रहेको छ। यो भाडादरमा जनवरी २६ सम्म टिकट बुकिङ गर्न सकिने एयरलाइन्सले जनाएको छ।साथै यात्रुले फेब्रुअरी ३ देखि मार्च २९ सम्म यात्रा गर्न सक्नेछन्।

थाइले गत कात्तिक १८ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरू गरेको हो। भिजिबिलिटीका कारण गत मंसिर २ देखि नियमित उडान रोकेको थाइले यही फेब्रुअरीबाट नियमित थाल्ने तयारी गरेको छ। नियमित उडान थाल्ने भएसँगै थाइले सस्तोमा टिकट बिक्री गर्न प्रचार–प्रसार पनि थालेको हो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports