२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अब अमेरिकामा जन्मकै आधारमा अमेरिकी नागरिकता नपाइने

1.14K
shares

वासिङ्टन डिसी (अमेरिका) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ४७ औं राष्ट्रपतिका रूपमा शपथ ग्रहण गरेलगत्तै बिभिन्न आदेशमा हस्ताक्षर गर्नुभएको छ । ट्रम्पले सोमवार साँझ ४७ औं अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गर्नुभएको हो ।

शपथ ग्रहण गरेपछि उहाँले अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने आफ्नो योजना प्रकट गर्नुभयो । यस्तै उहाँले राष्ट्रको भविष्यको प्रगतिको लागि कडा प्रयास गर्ने र अमेरिकालाई नयाँ उच्चतामा पुर्याउने आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो। यस्तै राष्ट्रपति ट्रम्पले आफ्नो शपथ ग्रहण समारोहमा अमेरिकाका नागरिकलाई एकताबद्ध भएर काम गर्नको लागि आह्वान गर्नुभयो ।

‘यो नयाँ युग अमेरिकाको आर्थिक र सामाजिक सुधारसँगै राजनीतिक क्षेत्रको नयाँ दिशा तय गर्ने समय हो। यस समारोहले अमेरिकी लोकतन्त्रको महत्वलाई पुनः प्रमाणित गर्दै, देशको आगामी यात्रा र नेतृत्वको एक नयाँ अध्यायको शुरुआत गरेको छ ।’ शपथ ग्रहणपछि उहाँले विशेषगरी सीमा सुरक्षा, आप्रवासी नीति, जलवायु परिवर्तनसम्बन्धी लगायत विभिन्न आदेशमा हस्ताक्षर गर्नुभएको छ । उहाँले चार वर्षअघि संसद भवनमा आक्रमण गरेको अभियोगमा सजाय काटिरहेकाहरूलाई आममाफी दिनुभएको छ ।सोमबार राष्ट्रपतिको शपथ लिएपछि २०२१ जनवरी ६ मा अमेरिकी संसद भवनमा भएको आक्रमणको घटनामा सजाय काटिरहेका १५ सय अभियुक्तहरूलाई माफी दिने निर्णयमा हस्ताक्षर गर्नुभएको हो । त्यतिबेला राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन विजयी भएको घोषणा गर्न बसेको कंग्रेसको बैठकलाई बिथोल्न बैठक चलिरहेको हलमा प्रवेश गरी आक्रमण गरेका थिए ।

त्यतिबेला संसद भवनमा आक्रमण गर्नेहरू ट्रम्पकै समर्थक रहेको भनिएको थियो । ट्रम्पले राष्ट्रपति निर्वाचित भएपछि ती अभियुक्तहरूलाई रिहा गर्ने बताउँदै आउनु भएको थियो । यतै राष्ट्रपति ट्रम्पले अमेरिका र मेक्सिकोको सिमानमा राष्ट्रिय आपतकाल घोषणा गर्ने आदेशमा हस्ताक्षर गर्नुभएको छ । यस्तो आदेशले अब त्यहाँ सेना पठाउन अनुमति दिने भनिएको छ । त्यस्तै अमेरिकामा जन्मेकै आधारमा नागरिकता दिने नीतिको अन्त्य गर्ने आदेशमा पनि राष्ट्रपति ट्रम्पले हस्ताक्षर गर्नुभएको छ । यो निर्णयसँगै अमेरिकामा बच्चा जन्माउने जानेहरुको सपनामाथि गम्भीर धक्का लागेको छ । त्यस्तै आप्रवासी नीतिहरूलाई कडा पार्ने आदेशहरूमा पनि उहाँले हस्ताक्षर गर्नुभएको छ । जसमा गैरकानुनी रूपमा अमेरिकामा बसिरहेकाहरूलाई उनीहरूकै देश फर्काइने भनिएको छ ।राष्ट्रपति ट्रम्पले आर्टिफिसियल इन्टेलिजेन्स र विद्युतीय सवारी साधनहरूलाई नियन्त्रण गर्ने नीतिहरूको पनि खारेज गर्नुभएको छ । यस्तै राष्ट्रपति ट्रम्पले अन्य बिभिन्न आदेशमा समेत हस्ताक्षर गर्नुभएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports