२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौंको न्युनतम तापक्रम बढ्यो , अधिकतम तापक्रम समेत बढ्यो

793
shares

काठमाडौंको न्यूनतम तापक्रम सामान्य बढेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस मापन भएको छ।मंगलबार न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो।केही दिनदेखि अधिकतम तापक्रम पनि बढ्दो क्रममा रहेको मौसमविद गोविन्द झाले बताए। सोमबार २० देखि २२ डिग्रीबीच रहेको अधिकतम तापक्रम बुधबार २२ देखि २४ डिग्री सेल्सियसकाबीच रहने अनुमान छ।

‘कुनै पनि प्रणालीको प्रभाव छैन। घाम मजाले लाग्न पाएको छ। त्यसकारण अधिकतम तापक्रम पनि केही बढेको छ,’ मौसमविद झाले भने।काठमाडौंमा मात्र नभइ पूर्वी पहाडी भूभागमा पनि तापक्रम बढ्दो क्रममा रहेको मौसमविद झाले बताए।’पश्चिमतिर बढेको छैन। तराईका भूभागहरूमा पनि हुस्सु कुहिरो लागिरहेकाले तापक्रम बढ्न पाएको छैन। मध्य र पूर्वी क्षेत्रका पहाडी भूभागमा बढेको छ,’ उनले भने।

बुधबार बेलुकादेखि नयाँ प्रणाली भित्रने पूर्वानुमान छ। त्यसले पहाडी भूभागमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात गराउन सक्नेछ भने तापक्रम घटाउन सक्नेछ।’भोलिसम्म त्यसको प्रभाव रहला। पर्सिबाट मौसम पुनः सफा हुने पूर्वानुमान छ,’ मौसमविद झाले भने।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports