२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक माघ ११ र १२ गते काठमाडाैँमा बस्दै

1.07K
shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक माघ ११ र १२ गते काठमाडाैँमा बस्दै छ । बैठक धुम्बाराहीस्थित एसआर बैंक्वेटमा बिहान ११ः०० बजेदेखि शुरु हुनेछ ।

बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, सङ्गठन सुदृढीकरण, पार्टीको वडादेखि जिल्ला तहसम्मको अधिवेशनको तयारी र समीक्षा लगायत विविध एजेन्डा र कार्ययोजना माथि छलफल हुनेछ।

केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाहरूमाथि छलफल गर्न आज पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ। बैठक आज दिउँसो १ः ०० बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports