२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रवि लामिछानेको रुपन्देही जिल्ला अदालतमा आजदेखि थुनछेक बहस हुने

923
shares

बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पूरक अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग रुपन्देही जिल्ला अदालतमा आजदेखि थुनछेक बहस हुने भएको छ । बुधवार सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा अदालतमा उपस्थित भएका लामिछानेलाई बयानपछि आज १० बजे अदालत उपस्थित गराउने गरी कानुन व्यवसायी र परिवारको जिम्मा लाएको थियो ।

न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासमा आज थुनछेक बहस हुने श्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले जानकारी दिए । थुनछेक बहसमा जिल्ला सरकारी वकिलको कार्यालयका तर्फबाट जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित सहायक न्यायधिवक्ताहरु गोकर्णराज घिमिरे, वसन्त पोख्रेल, लगायतले बहस गर्ने छन् । यस्तै जाहेरवालाको तर्फबाट दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारीले पनि बहस गर्ने तयारी गरेका छन् । प्रतिवादी लामिछानेका तर्फबाट नारायणदत्त कँडेल र सुशील पन्तको नेतृत्वका बहस हुनेछ । उनीहरूसँगै काठमाडौँ र पोखरा बहस गरेका धेरै कानुन व्यवसायीहरूले बहस गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश उपाध्यक्ष सालिक राज घिमिरेले बताए ।

माघ ६ गते जिल्ला अदालत रुपन्देहीमा लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधको मुद्दा दर्ता भएको थियो । सुप्रिम सहकारीको बचत ठगी प्रकरणमा सुरुमा ४२ जना विरुद्ध मुद्दा परेको थियो । त्यसमध्ये पूर्व गृहमन्त्रीसमेत रहेका लामिछाने, पूर्व डिआइजी छविलाल जोशी,सहकारीका संरक्षक गितेन्द्रबाबु (जिवी) राई सहितका २२ जना विरुद्ध सहकारी ठगी र सङ्गठित अपराध कसुरमा गत आइतबार पूरक मुद्दा दर्ता भएको हो । ती २२ जनाबाट समुहिक रूपमा ५५ करोड ५९ लाख ८३ हजार ८४२ रुपैयाँ बिगो दाबी गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports