२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकाको सर्त स्विकार गर्न कोलम्बिया सहमत

1.16K
shares

आप्रवासी मुद्दामा राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि कोलम्बिया अमेरिकाका सर्त स्वीकार गर्न सहमत भएको छ।

ह्वाइट हाउसले विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो।‘कोलम्बियाली सरकार राष्ट्रपति डोनाल्ड ट्रम्पका सर्त पूरा गर्न सहमत भएको छ, जसमा अमेरिकी सैन्य विमानबाट निर्वासित कोलम्बियाली अवैध आप्रवासी स्वीकार गर्ने समावेश छ’, ह्वाइट हाउसले विज्ञप्तिमा भनेको छ।

ह्वाइट हाउसको विज्ञप्तिअनुसार यस सम्झौताअन्तर्गत कोलम्बियामाथि कर र प्रतिबन्ध लगाउने मस्यौदा सुरक्षित राखिनेछ। कोलम्बिया सम्झौताको सम्मान गर्न असफल भयो भने यसमा हस्ताक्षर गरिने छैन।यसअघि कोलम्बियाले निर्वासित आप्रवासी बोकेको अमेरिकी विमानलाई आफ्नो देशमा अवतरण गर्न अनुमति दिएको थिएन। कोलम्बियाले आप्रवासी बोकेका अमेरिकी विमान सैन्य विमान भएको आरोप लगाएको थियो।

यसपछि ट्रम्पले कोलम्बियाली अधिकारीहरूको अमेरिका यात्रामा प्रतिबन्ध लगाउने र तत्काल भिसा रद्द गर्ने चेतानवी दिएका थिए।तर अब कोलम्बिया अमेरिकामा अवैध रूपमा बसेका आफ्ना नागरिक फिर्ता लिन सहमत भएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports