विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रवि लामिछाने सहित १५ जना विरुद्ध चितवन जिल्लाअदालतमा मुद्दा दर्ता, ५६ करोडको विगो दावी

767
shares

चितवन । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध ठगी तथा संगठित अपराध अभियोगमा चितवन अदालतमा मुद्दा दर्ता भएको छ ।

जिल्ला अदालत चितवनका श्रेष्तेदार विष्णुप्रसाद आचार्यका अनुसार जिल्ला सरकारी वकिल कार्यालय चितवनले दायर गरेको पुरक अभियोग आज दर्ता गरिएको हो । अदालतका अनुसार मुद्दाको दर्ता नम्बर ०८१-C1-0572 रहेको छ । श्रेष्तेदार आचार्यका अनुसार अभियोजन पुरक भएपनि मुद्दा भने नयाँ नम्बरमा दर्ता गरिएको हो ।यसअघि असोज ८ गते दर्ता भएको पहिलो मुद्दामा १७ जना प्रतिवादी थिए । रवि लामिछाने किटान गरिएको थिएन । आज दर्ता भएको मुद्दामा रवि लामिछानेसहित १५ जना प्रतिवादी छन् भने गोर्खा मिडिया प्रालि, साहरा बचतसहित ६ वटा संस्था छन् ।१५ जना प्रतिवादीमा रवि लामिछाने छविलाल जोशी , रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरुङ, नवीन अछामी, कविता तामाङ, दिपक लामा, असरफअलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणी बास्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठ छन् ।

साहारा सहकारीबाट रकम गएका पाँच कम्पनीमा गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हव इन्टरनेशनल प्रालि, जिवी ग्रुप अफ कम्पनी, स्प्रिङ उड स्टेट हाउजिङ प्रालि, नेचर नेष्ट प्रालि रहेका छन् ।पुरक निवेदन दिने १० जनाको अनुसार साहरा सहकारीबाट ४३ लाख ९४ हजार ६ सय ३१ रूपैयाँ बिगो रकम फिर्ता पाउनुपर्ने मागदाबी छ । दुवै अनुसार कुल ३८ करोड ९ लाख ७९ हजार रूपियाँ हिनामिना भएको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।पुरक मुद्दा अनुसारमा कम्पनीमा लगानी गरेर तिर्न बाँकी रहेको रकम ४३ करोड १४ लाख ४९ हजार ९ सय २८ रूपैयाँ ७५ पैसा बिगो उल्लेख छ ।यसरी हालसम्म साहारा सहकारीले उठाउनुपर्ने ऋण ५६ करोड २२ लाख ५० हजार हाराहारीलाई बिगो देखाइएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports