सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गोरखाका लोकप्रिय कर्खा गायक लालबहादुर गन्धर्वको निधन

689
shares

गोरखा । गोरखाका लोकप्रिय कर्खा गायक लालबहादुर गन्धर्वको निधन भएको छ । भीमसेनथापा गाउँपालिका–१ घ्याम्पेशाल निवासी उनको ८० वर्षको उमेरमा बिहीबार निधन भएको हो ।

उनी केही समययता क्यान्सरबाट पीडित थिए । घ्याम्पेशालस्थित आफ्नै निवासमा उनको निधन भएको परिवार स्रोतले जनाएको छ । ९ वर्षको कलिलै उमेरदेखि उनले सारंगी बजाउने गर्थे । सारंगी बजाउने कलाले उनलाई रेडियो नेपालमा जागिर खाने अवसर प्राप्त भएको थियो ।२०२२ सालमा रेडियो नेपालमा जागिरे भए । २० वर्षको कलिलो उमेरमा उनी भूमि सुधारको कर्खा गएर तत्कालीन राजा महेन्द्रको रोजाइमा परेका थिए । २०२२ सालमा ‘खरबारीको छेउ’ बोलको गीत रेकर्ड गराइ २०२७ सालसम्म रेडियो नेपालमा जागिरेका रुपमा सेवा गरेका थिए ।

९० सालको महाभूकम्प, पृथ्वीनारायण शाहको जीवनी, जंगबहादुरको सत्ता उत्थान, विश्वयुद्ध, डाँफे चरी लगायतका कर्खा, सवाई उनले रेडियो नेपालबाट गायका थिए । यहीबाट उनले राष्ट्रिय स्तरको चर्चा समेत बटुल्न सफल भएका थिए ।२०७६ सालमा काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा ‘लालबहादुर गन्धर्व सारंगी साँझ’ समेत भएको थियो । धर्मराज थापाले गाएको ‘हाम्रो तेनजिङ शेर्पाले चढ्यो हिमाल चुचुरा’ बोलको गीत प्रायः उनी गाउने गर्थे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports