नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकाबाट सञ्चालित परियोजनाको तथ्याङ्क संकलन गर्न गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्यो

676
shares

काठमाडौँ ।अमेरिकाले नेपाललाई दिँदै आएको सहयोग रकम रोक्ने भएपछि त्यसको तथ्याङ्क संकलन गर्न गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । मन्त्रालयले पठाएको पत्रमा लामो समयदेखि विभिन्न द्विपक्षीय तथा बहुपक्षीय माध्यमबाट वैदेशिक सहायकता लिँदै आएको र त्यस्तो सहायता विभिन्न गैर सरकारी संघ संस्थाबाटसमेत परिचालन हुँदै आएकोले त्यस्तो संस्थाहरु कति छन् ? विवरण बुझाउन प्रशासन कार्यालयहरुलाई दिर्नेशन दिएको छ ।

‘तहाँ जिल्लामा सञ्चालित गैरसरकारी संस्थाहरुले कुन कुन विकास साझेदारहरुबाट के कस्तो क्षेत्रमा कति सहायता रकम परिचालन र उपयोग गरेका छन् ? साथै सहायता परिचालनको मोडालिटी कस्तो रहेको छ ? त्यस्ता कार्यक्रम र परियोजनाहरु हाल कुन अवस्थामा रहेका छन् ?,’ पत्रमा भनिएको छ, ‘उक्त सहायता परिचालनले आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यावरणीय क्षेत्रमा कस्तो प्रभाव पारेको छ ?।’

‘हालै अमेरिकन सहायता संस्था (युएसएआइडी) बाट प्राप्त हुने सहायता स्थगित भएको भनी समाचारहरु प्रवाहित भैरहेको परिवेशमा जिल्लामा युएसएआइडिबाट सञ्चालित कार्यक्रम र परियोजना सञ्चालन र समुदायमा पर्ने प्रभाव समेतको अन्य विषयगत निकायहरुसँग समन्वय गरी अध्ययन तथा विश्वलेषण गर्ने र सो को प्रतिवेदन समेत पठाउन’ प्रशासन कार्यालयलाई पठाएको पत्रमा उल्लेख छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports